९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बाट चार जना फरार अभियुक्त पक्राउ



दाङ ।
वन मुद्धाका चार जना फरार अभियुक्तलाई दाङ्गको प्रहरीले पक्राउ गरेको छ । २०७५ साल माघ १६ गते सामुहिक वन मुद्धामा दाङ देउखुरी अदालतबाट मुद्धा फैसला भई फरार रहेका जिल्लाको राजपरु गाँउपालिका– ७ राताकास बस्ने ४५ बर्षीय निमप्रसाद बिक, सोही स्थानका बर्ष ६३ का धन दल बहादुर बिक, बर्ष ६२ की राधिका बिक र बर्ष ३४ की तारा कुमारी पुनलाई प्रहरीले सोमबार पक्राउ गरि मंगलबार अदालतमा पेश गरेहो हो ।

दाङ्गका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालका अनुसार उनीहरुलाई अदालतले जनही ७१ हजार, ५ सय २१ रुपैयाँ ५० पैसा जरिवानाको फैसला गरेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७८ मंगलबार ००:००  ५ : ०० बजे