९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

गुल्मी मदाने गाउँको सिंहदरबार, विपन्नलाई घर उपहार



गुल्मी ।
जिल्लाको मदाने गाउँपालिका विपन्न वर्गका लागि नजिकको सिंहदरवारका रुपमा आफूलाई उभ्याउन सफल भएको छ । बाढि पहिरोबाट विस्थापित भएका र आर्थिक अभावका कारण गतिलो घर–बास पाउन नसकेका सयौं विपन्न परिवारलाई गाउँपालिकाले विभिन्न निकायसँग समन्वयगरी आवास निर्माण गरिदिएको छ ।

गाउँपालिकाका सुचना अधिकारी ऋषि पोखरेलका अनुसार३१६ परिवारलाई मदाने गाउँपालिकाले घर निर्मार्ण गरि छिट्टै औपचारिक रुपमा हस्तान्तरण गर्न लागेको छ । वडा नम्बर–३ को साविक सिर्सेनी गाविसमा ‘सालझण्डी–ढोरपाटन’ सडकका कारण विस्थापित १७ परिवारलाई एकीकृत बस्ती निर्माण गरिएको छ । वस्ती निर्माणको गत वर्ष गुल्मी क्षेत्र नम्बर–२ का सांसद तथा एमाले नेता गोकर्णराज बिष्टले शिलान्यास गरेका थिए । गाउँपालिकाले नै जग्गा खरिद गरि घर निर्माण गरिदिएको हो । एकिकृत बस्तीमा विस्तापित परिवार बस्न शुरु गरिसके पनि औपचारिक रुपमा हस्तान्तरण हुन बाँकी छ ।

उक्त वडाको काफलपाटा र खन्युखर्कको वस्ती असुरक्षित भएपछि त्यहाँका ३२ वटा विपन्न परिवारको पनि पालिकाले घर बनाई दिएको छ । त्यस्तै रेखामुनि रहेका ७ वटै वडाका १ सय २८ विपन्न परिवारलाई प्रति–परिवार ५० हजारका दरले घर निर्माण गरिदैछ । भूकम्पकाका कारण विस्थापित १ सय ३२ परिवारको पनि पालिकाले प्राधिकरणसँग समन्वय गरि घर बनाई दिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८ मंगलबार ००:००  ६ : ३५ बजे