दाङ ।
दाङमा बँदेलको मासुसहित पाँचजना पक्राउ परेका छन् । जंगली बँदेल काटेको आरोपमा मंगलबार उनीहरु पक्राउ परेका हुन् । बँदेलको मासु काटेर भाग लगाउँदै गरेको अवस्थामा डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोलीले पाँचजनालाई २१ किलोभन्दा बढी मासुसहित पक्राउ गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर–४, भकारेबाट पक्राउ पर्नेहरुमा स्थानीय बोधिप्रसाद खत्री, श्रीराम थापा, रुद्रबहादुर रोका वीरबहादुर रोका र कौशिला गुरुङ रहेको सब डिभिवन वन कार्यालय सुनपुरका प्रमुख सहायक वन अधिकृत विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।
घटनाबारे सूचना पाएपछि सहायक वन अधिकृत लामिछाने र सिद्धान्त बराल तथा प्रहरीचौकी गोग्लीबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया