९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लुम्बिनीसहित ४ प्रदेशमा आज मेघ गर्जनसहित भारी वर्षा हुने



काठमाण्डौँ । आज बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित धेरै भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ ।

आज राति पनि देशभर बदली रही धेरै स्थानमा वर्षा हुने तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

भोलि पनि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका केही स्थानमा भने भारी तथा धेरै भारी वर्षा हुन सक्ने महाशाखालले जानकारी दिएको छ । भोलि राति भने बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै बिहीबार पनि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी तथा धेरै भारी वर्षा हुन सक्ने छ । त्यसका कारण पहिरो तथा गेग्रान बहाव एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८ मंगलबार ००:००  ६ : ३१ बजे