काठमाडौं ।
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन नसकिने निष्कर्ष निकालेको छ । एमालेको केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदिप ज्ञवालीले नेता नेपाललाई फकाउन खोज्दा पनि नसकिएको जानकारी गराएका थिए ।
“उहाँका तीनवटा विषयमा असहमति रहेको पाइयो,” ज्ञवालीले भने, “कार्यदलको प्रस्तावप्रति असहमति थियो । उहाँले देउवालाई मत दिने विषयमा पछि हट्दिनँ भन्नुभयो । संस्थागत निर्णय मानेर जान सक्दिन भन्ने कुरा गर्नुभयो । जति गर्दा पनि फकाउन सकिएन ।”
प्रतिक्रिया