बुटवल ।
सार्वजनिक सवारीमा एक प्रदेशबाट अर्को प्रदेशमा जानको लागि भाडादर बृद्धि भएको छ । सरकारले हालै सार्वजनिक यातायातको भाडादर २० देखी २८ प्रतिसतसम्म बढाएको हो। अघिल्लो सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको असार २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट नयाँ भाडादर कायम गरिएको हो। बढेको भाडा अनुसार अब बुटवलबाट काठमाडौँको भाडादर अब ६ सय ५१ रुपैया भएको छ । यसअघि ५ सय १९ रुपैया थियो ।
त्यसै गरी भैरहवाबाट काठमाडौँको लागि ७ सय ४ रुपैया भाडा तिर्नुपर्ने छ । यस अघि ५ सय ६१ रुपैया रहेको थियो। यस्तै बुटवलबाट नेपालगञ्जको लागि ६३६, भैरहवाबाट नेपालगञ्ज ६८७, बुटवलबाट पोखरा ५०२, सुनैलीबाट भैरहवा पोखरा ५६६, बुटवलबाट गुलरिया ६६८, बुटवल नारायणगढ २८४, बुटवलबाट सुर्खेत ८९०, बुटवलबाट काकडभित्ता १४७०, भैरहवा स्याङजाहुँदै बाग्लुङ ७९८, तम्घासबाट काठमाडौँ १०५४, तानसेनबाट काठमाडौँ ७७१ भाडादर कायम भएको छ ।
रुपन्देहीबाट ट्रकमा सामान लैजादा कुन ठाउँको भाडा कति
मालवहाक ट्रकमा सामान लैजानको लागि तराइमा २६ र पहाडमा २० प्रतिसतले बृद्धि भएको छ । अब ट्रकमा भैरहवाबाट काठमाडौ सामान लैजानको लागि अधिकतम भाडादर २५,८५८ रुपैया रहेको छ । यस अघि २१,२१३ रुपैया रहेको थियो। भैरहवाबाट पोखराको लागि पनि काठमाडौँ बराबरकै भाडादर रहेको छ।
भैरहवाबाट नेपालगञ्ज १७,५८९, भैरहवा धनगढी २५,७६९, भैरहवा महेन्द्रगनरको २८,४१३, भैरहवाबाट हेटौंडा १३१६१, भैरहवा जनकपुर २३३७०, भैरहवा इटहरी ३२६५७ र भैरहवाबाट धरानको लागि ३३,७६४ रुपैया भाडादर कायम भएको छ ।
प्रतिक्रिया