९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आज साउनको पहिलो सोमवार, शिवको पूजा आराधना गरी मनाउँदै



काठमाडौं ।
आज यस वर्षको साउन महिनाको पहिलो सोमवार । हिन्दू महिलाले शिवको पूजा आराधना गरी मनाउँदै छन् । साउने सोमवारका दिन सुदूरपश्चिमका विभिन्न शिवालयहरुमा भक्तजनको भीड लाग्ने गरे पनि कोरोना भाइरसको सङ्क्रमणका कारण शिवालयमा दर्शनार्थीको उपस्थिति न्यून छ । साउने सोमवारको व्रत बसी शिवजीको पूजा आराधना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

साउनको पहिलो सोमवार धनगढीको शिवपुरी धाम, नैनादेवी मन्दिर, पशुपती मन्दिर लगायतका विभिन्न शिवालयहरुमा दर्शनार्थीहरु पुगेका छन् । कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरले विगतका वर्षको जस्तो भने चहलपहल देखिएको छैन् ।

यस्तै, साउन महिना लागेसँगै हरियो, पहेँलो चुरा तथा पोतेको खरिद बिक्री केही बढेको छ । साउन महिनामा महिलाहरुले हरियो, पहेँलो चुरा पोते लगाउने गरेका छन् । पछिल्लो समय किशोरीहरुले पनि हरियो चुरा र मेहन्दी लगाउन उत्सुक र आकर्षीत देखिन्छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८ सोमबार ००:००  १० : ३२ बजे