९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

धवन चम्किदा भारतको सहज जित



एजेन्सी । भारत पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टिम श्रीलंकालाई पराजित गरेको छ ।कोलम्बोमा आइतबार राति भएको खेलमा भारतले श्रीलंकालाई ७ विकेटले हराएको हो ।श्रीलंकाले दिएको २ सय ६३ रनको लक्ष्य भारतले ३६ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा कप्तान शिखर धवनले अविजित रहदै ८६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इशान किशनले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।पृथ्वी शले ४३ रन जोड्दा मनिस पाण्डेले २६ रन बनाए । सूर्यकुमार यादव ३१ रनमा आउट भए ।

श्रीलंकाक धनन्जय सिल्भाले २ विकेट लिए ।यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो ।श्रीलंकाका लागि चामिका करुनारत्नेले अविजित रहदै ४३ रन बनाए ।
कप्तान डसुन शनकाले ३९ रन जोड्दा चारिथ आश्लन्काले ३८ रन जोडे । मिनोद भानुकाले २७ तथा भानुका राजपाक्षेले २४ रन बनाए ।

भारतका दिपक चाहर,युजभेन्द्र चाहल र कुलदिप यादवले २र२ विकेट लिए ।यस जितसँगै भारतले तीन खेलको सिरिजमा १(० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८ सोमबार ००:००  ६ : ३३ बजे