एजेन्सी ।
इंग्ल्यान्डले दोस्रो टी-ट्वान्टी क्रिकेटमा पाकिस्तानलाई पराजित गरेको छ ।लिड्समा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ४५ रनले हराएको हो ।
इंग्ल्यान्डले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो ।
पाकिस्तानका मोहमद रिजवानले ३७ रन जोड्दा शादब खानले अविजित ३६ रन बनाए । कप्तान बाबर आजम २२ रनमा आउट भए । बलिङमा इंग्ल्यान्डका साकीब महमुदले ३ तथा मोइल अली र आदील राशिदले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १९ ओभर ५ बलमा अलआउट हुँदै २०० रन बनाएको थियो ।इंग्ल्यान्डका जोस बट्लरले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । मोइन अलीले ३६ रन जोड्दा लियाम लिभिङस्टोनले ३८ रन बनाए ।पाकिस्तानका मोहमदले ३ विकेट लिए । हरिस राउफ र इमाद वासिमले २र२ विकेट लिए ।
यस जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १/१ को बराबरी गरेको छ ।पहिलो टी(ट्वान्टीमा पाकिस्तानले इंग्ल्यान्डलाई ३१ रनले पराजित गरेको थियो ।
प्रतिक्रिया