९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

माधव पक्ष बिनै देउवालाई बहुमत



काठमाडौं ।

जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । यस निर्णयसँगै एमालेको माधव समूहका कुनै सांसद् मत नदिएपनि देउवाको पक्षमा बहुमत पुग्ने भएको छ । यसअघि देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३१ मत सुनिश्चित थियो । अब महन्थ पक्षको १२ थपिएसँगै देउवाको पक्षमा १ सय ४३ मत सुनिश्चित भएको छ । विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक पर्छ । माधव नेपाल समूहका सांसदहरुले पनि देउवालाई मत दिने तयारी गरिसकेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८ आइतबार ००:००  ६ : ११ बजे