काठमाडौं ।
जनता समाजवादी पार्टीका थप एक सांसद उपेन्द्र यादव पक्षतिर लागेका छन् । महन्थ ठाकुर पक्षमा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी रेणुका गुरुङ यादव पक्षको बैठकमा सहभागी भएका हुन् ।
यसअघि शनिबार बसेको बैठकमा सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका थिए भने रुही नाज मिकरानी पनि आफूहरुतिर आएको यादव पक्षका नेताहरुले बताएका छन् ।
यससँगै ३२ सदस्यीय संसदीय दलमा यादव पक्षमा १८ सांसद भएका छन् भने ठाकुर पक्षमा १४ रहेका छन् ।
प्रतिक्रिया