काठमाण्डौ ।
एमाले नेतासमेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तीन महिनाको एकता प्रयास असफल भएको बताउनु भएको छ । नेकपा एमाले विवाद मिलाउन गठन गरिएको समितिमा रहेका पोखरेलले कार्यदलले तयार पारेको प्रतिवेदनमा माधवकुमार नेपालले असहमति जनाएकाले अहिलेसम्म गरेको सबै प्रयास असफल भएको बताउनु भएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु भएको छ स् ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो ।’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आजको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित भएको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । देउवालाई विश्वासको मत दिने नदिनेबारे नेपाल पक्ष छलफलमा छ ।
प्रतिक्रिया