९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अक्सिजन कन्सनटेटरसहित स्वास्थ सामग्री हस्तान्तरण



शिव सुवेदी, गुल्मी ।
अक्सिजन कन्सनटेटर सहित स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ । वोधिसत्व विहारको आर्थिक सहयोग गुल्मेली कलाकार तिलक वस्नेतको विशेष पहलमा आएको अक्सिजन कन्सनटेटरसहित स्वास्थ सामग्री छत्रकोट गाउँपालिका ५ खज्याङ स्वास्थ्य चौकि मानकोटलाई हस्तान्तरण गरिएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको समन्वय गरि एक थान अक्सिजन कन्सनटेटर, पिपिई, माक्स, थर्मगन, सेनिटाईजर गरि करिव २ लाखको स्वास्थ सामग्रीहरु हस्तान्तरण गरेको हो । स्वास्थ सामग्रीहरु छत्रकोट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण प्रसाद पन्थ, स्वास्थ चौकि प्रमुख युवराज पाण्डे, वडा सचिव कमल लम्साललाई राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष तथा रेसुङ्गा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष खुम बहादुर खत्री, आजिवन सदस्य तथा प्रतिष्ठानका सल्लाहकार शिव सुवेदी, निवर्तमान अध्यक्ष जनक पन्थ कार्यसमिति उपाध्यक्ष प्रकाश बस्नेत लगाएतले हस्तान्तरण गरेका हुन ।

अक्सिजन कन्सनटेटरसहित स्वास्थ सामग्री हस्तान्तरण कार्यक्रममा छत्रकोट ५ का वडा अध्यक्ष पन्थले सहयोग गर्ने र पहल गर्ने सवैलाई धन्यवाद व्यक्त गर्दै स्वास्थ सामग्रीहरुको सहि सदुपयोग हुने बताए । यस्तै कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष खुम खत्रीले अक्सिजन र स्वास्थ्य सामग्री अभावमा गुल्मेलीहरु कसैले पनि ज्यान गुमाउन नपरोस भनेर पहल कदमि गरि सानो सहयोग गरेको बताए ।

वोधिसत्व विहारको सहयोग, गुल्मेली कलाकार तिलक वस्नेतको विशेष पहल,राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गुल्मीको समन्वयात्मक सामाजिक अभियानमा आफु पनि जोडिन पाउँदा गर्व लागेको सल्लाहकार शिव सुवेदीले वताए । वोधिसत्व विहारको सहयोग, गुल्मेली कलाकार तिलक वस्नेतको विशेष पहल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गुल्मीको समन्वयमा यस अघि पनि जिल्ला अस्पताल लगायत जिल्काका विभिन्न स्वास्थ्य चौकिहरुलाई अक्सिजन कन्सनटेटर सहित विभिन्न सामग्रीहरु गरि करिव ५० लाख वरावरको सहयोग गरिएको छ ।

अभियान अन्तर्गत १ हजार विपन्न तथा गरिव मजदुर परिवारको लागि खाद्यान्न सहयोग गर्ने तयारी पनि अन्तिम चरणमा रहेको प्रतिष्ठान गुल्मीका निवर्तमान अध्यक्ष जनक पन्थले जानकारी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०७८ आइतबार ००:००  १० : १९ बजे