९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विप्लव कार्यकर्तालाई पिपरा प्रहरीले अटोबाट थुतेपछि…



मायादेवी अनलाइन, चार नम्बर ।
सरकारले सार्वजनिक यातायातमा गरेको भाडाबृद्धि विरुद्धमा उत्रिएका विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपालका ८ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।

भाडा बृद्धिको अनुगमन गरिरहेका युवा सँगठनका ८ जना नेता कार्यकर्तालाई प्रहरीले शनिबार दिउँसो बाणगंगा नगरपालिकाको चार नम्बरबाट इलाका प्रहरी कार्यालय पिपराले पक्राउ गरेको हो । युवा संगठन नेपालको केन्द्रीय कार्यक्रम अन्तर्गत संगठनका विद्यार्थी नेताहरुले राजमार्गमा गुडेका सार्वजनिक सवारीको अनुगमन गरेर अटोमार्फत् तौलिहवातर्फ फर्कदै थिए । त्यसलगत्तै प्रहरी आइ सोधपुछ गर्ने क्रममा स्थिति तनावग्रस्त बनेको थियो ।

भनाभन भइरहँदा एक्कासी घचटाघचट भयो । जनहितको काम गर्दा प्रहरीले अनावश्यक दमन गरेको भन्दै प्रहरीले दमन मुर्दाबाद भनी नारा लगाउन थाले त्यसपछि प्रहरीले पक्राऊ गरी लगेको थियो । पक्राऊ गर्नेमा कपिलवस्तुका जिल्ला अध्यक्ष बादल, विद्यार्थी अध्यक्ष विज्ञान क्षेत्री, अर्घाखाँची अध्यक्ष नविन खड्का लगायत रहेका छन् ।

लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले प्रहरी दमनले आफूहरुको यात्रा नरोकिने बताउनु भयो । कार्यकर्ताले प्रहरीले आफूहरुमाथि अपराधिको ब्यावहार भएको भन्दै आक्रोश पाखेका थिए । प्रहरीले समातेपछि उनीहरुले दलालहरु होसियार, प्रहरी प्रशासन मुर्दाबाद भन्दै नारा गाडीमाथिबाटै नाराबाजी गरेका थिए ।

जिल्ला अध्यक्ष बादलको नेतृत्वमा अनुगमनमा गएका कार्यकर्तामाथि धरपकड भएको भन्दै भत्र्सर्ना र निन्दा गर्नु भएको छ । यता प्रहरीले दुख दिने नियतले उनीहरुले सो कार्य गरेको र केही नगर्दा पनि प्रहरीविरुद्ध त्रिएकाले पक्राऊ गरिएको बताएको छ । प्रहरी कार्यालयमा भएको छलफलपछि उनीहरु छुटेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८ आइतबार ००:००  ८ : ३८ बजे