९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कांग्रेस संसदीय दलको बैठक आज बस्दै



काठमाण्डौँ ।
शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । २०७४ को प्रतिनिधिसभा निर्वाचनपछि नेपाली कांग्रेस प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको थियो । सर्वोच्च अदालतको परमादेशसँगै कांग्रेस सत्तापक्ष बनेको छ । देउवा प्रधानमन्त्री बनेका छन् ।

परिवर्तित परिस्थितिमा दल र सांसदले खेल्नुपर्ने भूमिकाका बारेमा आजको बैठकमा छलफल हुने कांग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए । ’कांग्रेसको नेतृत्वमा सरकार बन्यो । अब आफूहरू सत्ता पक्षको सांसद भएकाले परिवर्तित भूमिकाका बारेमा दलको नेताले सरसल्लाहसहित केही निर्देशन आजको बैठकबाट हुन सक्ने जानकारी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०७८ आइतबार ००:००  ७ : ५६ बजे