काठमाडौँ ।
प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापना भएपछि आज पहिलो वैठक बस्न थालेको हो । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा आज अपराह्न ४ः०० बजेका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गर्नु भएको थियो । आज सदनमा धेरै विजनेश छैन यद्यपी राष्ट्रपति भण्डारीले पठाउनु भएको पत्र पढेर सुनाउने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाले अब यसै वैठकबाट विश्वासको मत लिनु पर्ने हुन्छ । आजैबाट छलफल सुरु गर्ने र एक हप्ताभित्र विश्वासको मत लिने गरी मिति तय हुने एक नेताले बताए ।
प्रतिक्रिया