९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा आएको ३४ हजार बढी डोज भेरोसेल खोप आजदेखि दिइँदै, क-कसले पाउँछन् ?



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुमा आज आइतबार भेरोसेल खोप दिइदै छ । साउन ५ गते सम्म तालिका बनाएर १० पालिकाका ९६ स्वास्थ्य चौकीबाट खोप दिन लागिएको बताइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

५४ वर्षदेखि ५९ उमेर समूहका नागरिकलाई सम्बन्धित पालिकाका स्वास्थ्य चौकीमा गएर खोप लगाउन कार्यालयले विशेष अनुरोध गरेको छ । जिल्लामा ३४ हजार ३४ डोज खोप आएको र त्यसको लागि सिमित उमेर समूह र पेशा तोकिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पान्डेले बताउनुभयो ।

व्यक्ति तथा औषधी पसल, फलफूल, तरकारी पसल, खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट संचालक, पेट्रोलियम ढुवानी र सार्वजनिक यातायात चालक, सह चालक, शिक्षक, विदेश जान भिषा प्राप्त व्यक्ति र पहिले प्राथमिकतामा परेका तर छुटेका व्यक्तिहरूलाई पहिलो डोज दिने जनाएको छ ।

यस्तै वाणगंगा नगरपालिकामा पनि ५ गते सम्म भेरोसेल खोपको पहिलो डोज लगाइदै छ । उक्त खोप ५५ वर्ष मार्थिका हालसम्म खोप नलगाएका सबैलाई लगाइने नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै बैदेशिक रोजगारीमा जानलागेका ब्यक्ती, सार्वजनिक यातायातका चालक तथा सहचालक, विश्वविद्यालय तथा विद्यालयका शिक्षक तथा कर्मचारीलाई खोप लगाइने नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । पौडेलले आफ्नो वडाका विभिन्न स्वास्थ्यचौकीमा गएर विहान १० बजेदेखि साझ ४ बजेसम्म खोप लगाउन सकिने बताउनुभयो ।

प्रकाशित मिति : ३ श्रावण २०७८ आइतबार ००:००  ६ : २९ बजे