९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ओली भने ‘स्थायी कमिटी बैठक सर्दैन, १० बुँदे अनुसार पार्टीमा आएर काम गर्नुस्’



काठमाण्डौँ ।

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले स्थायी कमिटी बैठक रोक्न राखेको प्रस्ताव पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। ओली निवास बालकोटमा पुगेका दुवै पक्षका नेतासँग कुराकानी गर्दै अध्यक्ष ओलीले बैठकलाई सधै रोक्न नसकिने बताएका हुन्।

एमाले एकताका लागि गठित कार्यदलका सदस्यहरु पार्टी अध्यक्ष ओलीलाई भेट्न शनिबार साँझ बालकोट पुगेका थिए।यसअघि कार्यदलका सदस्यहरुले सिंहदरबारमा छलफल गरेका थिए।

१० बुँदे सम्झौता गरेकोमा धन्यवाद दिँदै एमाले स्थायी कमिटीले यसअघिनै कार्यदल विघटन गरिसकेको छ। शुक्रबारको स्थायी कमिटी बैठकले कार्यदल विघटन गरेको हो। उक्त बैठकमा नेपाल पक्ष भने सहभागि थिएन।

नेपाल पक्षले स्थायी कमिटी बैठक रोक्न आग्रह गरेको थियो। तर बैठक रोक्न ओली तयार भएनन्। ओलीले आइतबारका लागि फेरि स्थायी कमिटी बैठक बोलाएका छन्।बालकोटमा भएको छलफलमा आफूहरूले आइतबारको बैठक रोक्न आग्रह गरेको एमाले सचिव भीम आचार्यले सेतोपाटीलाई बताए।

ुअहिले अनौपचारिक छलफल गरेर १० बुँदे कार्यान्वयनमा लैजानुपर्छ। त्यसको लागि तपाईँ र माधव नेपाल बस्नुपर्छ भनेर हामीले भन्यौ,ु आचार्यले भने, ‘जवाफमा पार्टी अध्यक्षले सधै बैठक रोकेर त कसरी हुन्छ र भन्नुभएको छ। हेरौं अब के गर्नुहुन्छ।ओली निकट पार्टी सचिव प्रदिप ज्ञवालीले १० बुँदे सहमतिलाई आफूले स्वीकारीसकेकाले पार्टीमा आएर काम गर्न अध्यक्षले आग्रह गरेको बताए।

ुअध्यक्षसँग भेटघाट भयो। १० बुँदे सहमति कार्यान्वयन गरिसकेको अवस्थामा पार्टी काममा लाग्न आग्रह गर्नुभयो। धेरै अलमलिएर संगठनलाई दिशाहिन अवस्थामा राख्न हुँदैन। कमिटीलाई सक्रिय बनाएर अघि बढाउनपर्छ’, उनले भने, ‘साथीहरु काममा लाग्नुहोस्, १० बुँदे कार्यान्वयनमा मेरो सहयोग रहन्छ। साथीहरूले छलफल गरौं, अनौपचारिक परामर्श गरौ, भन्नुभएको थियो जवाफमा अध्यक्षले परामर्श पनि गरौं काम पनि नरोकौं भन्नुभयो।

दुई नेताबीचको छलफललाई सहजिकरण गर्न र कुराकानीको वातावरण सहज बनाउन अध्यक्षसँग आग्रह गरेको एमाले सचिव आचार्यले बताए। एक आपसमा भनाभन र गाली गर्ने कुरालई पूर्ण रुपमा बन्द गर्नसमेत आफूहरूले भनेको उनले बताए।१० बुँदेको आधारमा पार्टीलाई एकताबद्ध बनाउन पार्टी अध्यक्षले भूमिका खेल्नुपर्ने धारणा आफूहरूले राखेको एमालेका अर्का सचिव गोकर्ण विष्टले बताए।

ुहामीले अध्यक्षलाई भेट्यौं। १० बुँदेको आधारमा एकताबद्ध बनाउन सल्लाह गरेर जानुपर्छ भनेका छौ। त्यसको लागि सौहार्द वातावरण बनाउन मुख्य भूमिका अध्यक्षले खेल्नपर्‍यो भनेर हामीले सुझाव राख्यौ, उनले भने, ‘तपाईहरूले माधव नेपासँग पनि कुराकानी गर्नुहोस् मैले त १० बुँदे सहमतिलाई मान्छु नै भनेको छु भनेर अध्यक्षले भन्नुभएको छ। आफूहरुले सोमबार वरिष्ठ नेता नेपाललाई भेट्ने सचिव विष्टले बताए।

प्रकाशित मिति : ३ श्रावण २०७८ आइतबार ००:००  ६ : ११ बजे