कपिलवस्तु ।
कपिलवस्तुमा भोलि आइतबार भेरोसेल खोप दिइदै छ । भोलिबाट साउन ५ गते सम्म खोप दिइने भएको हो । जिल्लाका सबै स्थानीय तहका वडाका ९६ स्वास्थ्य चौकीबाट खोप दिन लागिएको बताइएको छ ।
सरकारले ५४ वर्षदेखि ५९ उमेर समूहका व्यक्ति तथा औषधी पसल, फलफूल, तरकारी पसल, खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट संचालक, पेट्रोलियम ढुवानी र सार्वजनिक यातायात चालक, सह चालक, शिक्षक, विदेश जान भिषा प्राप्त व्यक्ति र पहिले प्राथमिकतामा परेका तर छुटेका व्यक्तिहरूलाई पहिलो डोज दिने जनाएको छ ।
जिल्लामा ३४ हजार ३४ डोज खोप आएको र त्यसको लागि सिमित उमेर समूह र पेशा तोकिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पान्डेले बताउनुभयो ।
यस्तै वाणगंगा नगरपालिकामा पनि भोलि देखि ५ गते सम्म भेरोसेल खोपको पहिलो डोज लगाइदै छ । उक्त खोप ५५ वर्ष मार्थिका हालसम्म खोप नलगाएका सबैलाई लगाइने नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
यस्तै बैदेशिक रोजगारीमा जानलागेका ब्यक्ती, सार्वजनिक यातायातका चालक तथा सहचालक, विश्वविद्यालय तथा विद्यालयका शिक्षक तथा कर्मचारीलाई खोप लगाइने नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । पौडेलले आफ्नो वडाका विभिन्न स्वास्थ्यचौकीमा गएर विहान १० बजेदेखि साझ ४ बजेसम्म खोप लगाउन सकिने बताउनुभयो ।
प्रतिक्रिया