९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

ओली र महन्थ ठाकुर समूहका नेताहरुबीच भेटवार्ता



काठमाण्डौ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर समूहका नेताहरुबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न जसपाका महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा आज बिहान बालकोट पुगेका हुन् । भेटमा आपसी सहकार्यलाई निरन्तरता दिँदै अगाडि बढ्नेबारेमा कुराकानी भएको तर कुनै सहमती नभएको जसपाका नेता अनिल झाले बताउनुभयो ।

एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । तर ओलीसँग सत्ता सहकार्य गरेको जसपाको महन्थ समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेरनदिनेबारे आधिकारिक निर्णय गरिसकेको छैन । भोलि दिउँसो चार बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८ शनिबार ००:००  १ : ४५ बजे