१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

बाँस्कोटाको व्‍यंग्‍य : माधव पक्ष ६ मन्त्रालयसहित सरकारमा जाने सहमति भइसक्योु



काठमाडौं ।
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा जाने सहमति भइसकेको दाबी गरेका छन्। उनले शनिबार एक ट्वीट गर्दै ६ मन्त्रालयसहित नेपाल समूह सरकारमा जाने सहमति भइसकेको दाबी गरेको हुन्।

देउवा सरकारमा ९ मन्त्रालय कांग्रेसलाई, ६ मन्त्रालय नेता नेपाल समूहलाई, ५ मन्त्रालय माओवादी केन्द्र र जसपालाई ५ मन्त्रालयको भागबण्डा भएको दाबी गरेका छन्।

उनले लेखेका छन्, ट्वीटर ह्याण्डीलको नौटंकीपूर्ण हल्ला सकियो होला कि नाइँरु तर, परमादेश प्रमको गठबन्धन ह्यण्डील चै कांग्रेस ९ं, प्रमुख भाइ कांग्रेस ६ं, कम्फरटेवल कम्युनिष्ट ५ं, जसपा बाह्र भाइ ५, हुने सम्झौता भयो भन्ने छ। परमादेश सरकारको पूर्णता नभै एमाले विवादको अन्तिम पटाक्षेप नहुने। बल देऊ भीमसेन एकता।

परमादेश सरकारको पूर्णता नभई एमाले विवादको समाधान नहुने उनको भनाइ छ। नेता बाँस्कोटाले माधव समूह सरकारमा जाने दाबी गरेको भए पनि अहिलेसम्म सरकारमा जाने कुनै सहमति नभएको दाबी गर्दै आइरहेका छन्। ओली नेतृत्वको सरकार ढाल्नमा नेता नेपाल समूहले निर्णायक भूमिका खेलेका थिए।

प्रकाशित मिति : २ श्रावण २०७८ शनिबार ००:००  १२ : ४८ बजे