काठमाडौँ ।
चीनले कोरोना भाइरसविरुद्धको थप १६ लाख डोज खोप दिने भएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अनुदानमा थप १६ लाख डोज खोप दिने बताएकी हुन् ।
राजदूत यान्छीको भनाइ उद्धृत गर्दै परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, कोभिड १९ महामारीविरुद्धको लडाइँमा नेपाललाई चीनको निरन्तर सहयोग रहने छ । राजदूत यान्छीले प्रधानमन्त्रीसँग नेपाललाई चीनले थप १६ लाख डोज कोभिडविरुद्ध खोप दिने निर्णय भएको जानकारी गराउनुभएको छ । यसअघि दुई पटक गरी चीनले १८ लाख डोज खोप अनुदानमै दिएको थियो ।
प्रतिक्रिया