मायादेवी अनलाइन, जितपुर ।
वाणगंगा नगरपालिकामा यहि साउन ३ गते देखि ५ गते सम्म भेरोसेल खोपको पहिलो डोज लगाइदै छ । उक्त खोप ५५ वर्ष माथिका हालसम्म खोप नलगाएका सबैलाई लगाइने नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । यस्तै बैदेशिक रोजगारीमा जानलागेका ब्यक्ती, सार्वजनिक यातायातका चालक तथा सहचालक, विश्वविद्यालय तथा विद्यालयका शिक्षक तथा कर्मचारीलाई खोप लगाइने नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । पौडेलले आफ्नो वडाका विभिन्न स्वास्थ्यचौकीमा गएर विहान १० बजेदेखि साझ ४ बजेसम्म खोप लगाउन सकिने बताउनुभयो ।
कहा जाने ?
वडा नम्बर १ को उत्तमनगर स्वास्थ्य चौकी
वडा नम्बर २ को पिपरा अस्पताल
वडा नम्बर ३ को सिउटी स्वास्थ्य चौकी
वडा नम्बर ४ को गजेहडा स्वास्थ्य चौकी
वडा नम्बर ५ को कोपवा स्वास्थ्य चौकी
वडा नम्बर ६ को लक्ष्मणघाट स्वास्थ्य चौकी
वडा नम्बर ७ को मोतिपुर स्वास्थ्य चौकी
वडा नम्बर ८ को मोतिपुर स्वास्थ्य चौकी
वडा नम्बर ९ को भलवाड स्वास्थ्य चौकी
वडा नम्बर १० को पटना स्वास्थ्य चौकी
वडा नम्बर ११ को हथौसा स्वास्थ्य चौकी
प्रतिक्रिया