९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पुनर्निर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा



काठमाण्डौ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा भएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकले चालु आर्थिक वर्ष २०७७-०७८ को साउन महिनादेखि पाउन बाँकी आठ करोड ३४ लाख रुपैयाँ निकासा भएको प्राधिकरणले जनाएको छ ।

लामो समयदेखि निकासा हुन नसकेको सञ्चार तथा यातायात खर्च बुधवार अर्थ मन्त्रालयले निकासा गरेको होे । यही असार १३ गते प्राविधिकको उपस्थितिमा प्राधिकरणमा भएको छलफलमा प्राविधिकले पाउने भनी निश्चित गरिएको खर्च नियमअनुसार उपलब्ध गराउने समझदारी भएको थियो । असार १० गते बसेको निर्देशक समितिको बैठकले निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकलाई सञ्चार तथा यातायात खर्च उपलब्ध गराउने निर्णय गरेको थियो । रासस

प्रकाशित मिति : ३१ असार २०७८ बिहिबार ००:००  १२ : ५५ बजे