काठमाडौ ।
नेपाल आयल निगम लिमिटेडले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य घटाएको छ ।
निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्य १ रुपैयाँ घटाएको हो ।
योसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १२८ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १११ रुपैया भएको छ । केही दिनअघि मात्र भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेको थियो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयलाई केही समयदेखि विभिन्न विद्यार्थी संगठनले विरोध गर्दै आएका थिए । विद्यार्थी संगठनको मागको सम्बन्धमा निरन्तरको छलफलपछि मूल्य घटाउने निर्णय भएको निगमले जनाएको छ ।
निगमका अनुसार नयाँ मूल्य बुधवार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।
प्रतिक्रिया