९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

गण्डकीमा एमाले सांसदको अराजकताः टेबुल भाँचेर बाहिरिए




कास्की ।
गण्डकी प्रदेशसभाको बैठकमा एमाले सांसदले अराजकता प्रदर्शन गरेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा एमाले सांसद रामशरण बस्नेतले मन्त्रीको टेबुल नै फालेर भाच्न् भ्याए । बस्नेत गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री हुन् ।

एमालेले १० बुँदे माग राख्दै संसद् बैठक चल्न नदिने अडान लिएको थियो । तीन पटक बैठक स्थगित भए पनि सहमति जुट्न सकेको थिएन ।
चौथो बैठकमा सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक(२०७८ प्रस्तुत गर्न मुख्यमन्त्रीलाई बोलाएपछि एमाले विरोधमा उत्रिएको थियो ।

एमाले रोस्ट्रमतिर जान लागेपछि मार्सल नै लगाएर सभामुख अघिकारीले विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । त्यतिबेला एमाले सांसद र मर्यादापालकबीच धकेलाधकेल भएको थियो ।
त्यहीबेला पूर्वमन्त्री बस्नेतले टेबुल फालेका हुन् । बजेट निर्णयार्थ प्रस्तुत भएपछि एमाले सांसदहरूले बैठक नै बहिष्कार गरेर निस्किएका थिए । सत्तापक्षसँग बहुमत रहेकाले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७८(७९ को बजेट भने बहुमतले पारित भएको छ ।

प्रकाशित मिति : ३० असार २०७८ बुधबार ००:००  ५ : ३३ बजे