९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बालकोटको छतबाट ओलीले भने ‘माधवलाई कुनै क्षमा र छुट दिन सकिन्नँ’



काठमाण्डौँ ।
निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई क्षमा दिन नसकिने बताउनु भएको छ । बुधबार बालुवाटारबाट आफ्नो निजी निवास बालकोट फर्किएपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट बाहिरिने परिस्थिति माधव नेपालकै कारण निर्माण भएको आरोप लगाउनुभएको हो ।

‘यो परिस्थितिको निर्माण माधव नेपालले गरेका हुन् । हिजो पनि शेरबहादुर देउवा प्रधानमन्त्रीको शपथ लिन शीलतनिवास पुग्नुअघि उनी नै पुगे,’ ओलीले भन्नुभयो। अध्यक्ष ओलीले कमीकमजोरी महसुस गरेर पार्टीमा फर्किनेहरूलाई उचित जिम्मेवारी दिइने पनि बताउनुभयो । तर, माधव नेपालको हकमा भने आत्मालोचना, गल्ती र कमीकमजोरी स्वीकार्ने कुनै ठाउँ नभएको उनको भनाइ छ ।

‘कमीकमजोरी महसुस गरेर आउने साथीहरूलाई एमालेमा उचित स्थान र जिम्मेवारी दिइन्छ,’ ओलीले भने, ‘ माधव नेपालको हकमा आत्मालोचना, गल्ती र कमीकमजोरी स्वीकार्ने कुनै ठाउँ छैन ।’

उहाँले भन्नुभयो ‘अझै पनि क्षमायाचना गरेर आउनुहुन्छ भने काम गर्ने ठाउँ दिइने छ । तर माधव नेपाललाई भने कुनै क्षमा र माफी दिन सकिने ठाउँ छैन ।’ यसो भनिरहँदा तल नेता र कार्यकर्ताले माधव चोर देश छोड ।

माधवलाई पार्टीबाट निष्काष गर्नुस भन्दै नारा लगाएका थिए । उहाँले राम्रो काम गर्दा गर्दै अदालतको परमादेशबाट आफू बाहिरिनु परेको बताउँदै फेरि जनताले अनुमोदन गरेर सरकारमा पठाउने विश्वास ब्यक्त गर्नुभयो ओलीले अदालतले असंवैधानिक तवरबाट आफूलाई विदा गरी कहिँ नभएको जात्रा देखाएको बताउनु भयो । स्कटिङको क्रममा कार्यकर्ताले प्रचण्ड र माधवलाई फाँसी दे नारा लगाएका थिए ।

प्रकाशित मिति : ३० असार २०७८ बुधबार ००:००  २ : ११ बजे