९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ओलीको स्वागतमा एमाले कार्यकर्ताहरु बालुवाटारमा



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास छोड्दै गर्दा उनको स्वागतमा एमाले कार्यकर्ताहरु बालुवाटारस्थित सरकारी निवासमा भेला भएका छन् ।

ओलीलाई स्कर्टिङ र स्वागत गर्दै बालुवाटारबाट निजी निवास बालकोटसम्म पुर्‍याउने भन्दै एमाले कार्यकर्ताहरु भेला भएका हुन् । ओलीको स्वागतमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारमा भेला भएका छन् ।

त्यसअघि एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गरेका थिए । २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । देउवाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै बुधबार साँझ नै कार्यभार सम्हालेका छन् ।

प्रकाशित मिति : ३० असार २०७८ बुधबार ००:००  ११ : ५३ बजे