नेपालगञ्ज ।
भेरी अस्पताल, नेपालगञ्जमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक दुवै बर्दिया जिल्लाका हुन् । कोभिड फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ का ६३ वर्षीया महिलाको मृत्यु भएको हो ।
असार २५ गते पीसीआर गरिएकी उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको मंगलबार राति पौने १० बजे मृत्यु भएको हो । यस्तै बर्दिया राजापुर नगरपालिका वडा नम्बर १० का ६५ वर्षीय पुरुषको भेरी अस्पतालमै मृत्यु भएको छ । असार २० गते बर्दियामा पीसीआर गरिएका उनलाई २६ गते भेरीमा भर्ना गरिएको थियो । उनको राति साढे ११ बजे मृत्यु भएको छ ।
बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा ३ सय ७० जनाको मृत्यु भएको छ । बाँके जिल्ला निवासी ३ सय ११ जनाको अहिलेसम्म कोरोनाबाट मृत्यु भएको छ । कोरोना संक्रमण कम भइरहे पनि अझै मृत्यु रोकिएको छैन ।
प्रतिक्रिया