९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

देउवा सरकारको गृहमन्त्रीमा खाँड



काठमाडौं ।
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड गृहमन्त्री बन्ने भएका छन् । अर्थमन्त्रालय नेकपा माओवादीले लिने भएपछि कांग्रेसको भागमा परेको गृह मन्त्रालयमा खाँडलाई आजै सपथ गराउन लागिएको हो ।

कांग्रेसको मुख्य सचेतक रहेका खाँड यसअघि रक्षा र सिँचाइमन्त्री भइसकेका छन् । माओवादीले अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाललाई मन्त्री बनाउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २९ असार २०७८ मंगलबार ००:००  ७ : ०४ बजे