९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ओलीको टिप्पणीः विश्वको इतिहासमा पहिलोपल्ट अदालतबाट प्रधानमन्त्री तोकियो



काठमाडौं ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा पहिलोपल्ट अदालतबाट प्रधानमन्त्री तोकिएको टिप्पणी गरेका छन् । उनले अदालतले प्रधानमन्त्री हटाएर तोक्ने कार्य गरेको टिप्पणी समेत गरे ।

‘विश्वको इतिहासमा पहिलोपल्ट सम्मानित अदालतबाट प्रधानमन्त्री तोकियो ,’ ओलीले आज देशवासीलाई सम्बोधनका क्रममा भने । उनले आफूविरुद्ध विभिन्न ठाउँबाट षड्यन्त्र भएको आरोप समेत लगाए ।

ओलीले आफूले बाहिरबाट सृजित घेराबन्दीको सामना गर्नुपरेको र भित्रबाट पनि आएको बताए । उनले आफ्नै दलबाट अनुशासनहीन कार्यहरु भएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालको आलोचना गरे ।

प्रकाशित मिति : २९ असार २०७८ मंगलबार ००:००  ३ : ३५ बजे