९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

देउवालाई प्रधानमन्त्री बनाउन तयारी थाल्ने विपक्षी गठबन्धनको निर्णय



काठमाण्डौ ।

विपक्षी गठबन्धनले सर्वोच्च अदालतको आदेशअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तयारी थाल्ने निर्णय गरेको छ । कोटेश्वरमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको बैठकले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन तयारी थालिहाल्ने निर्णय गरेको हो ।

अब बन्ने नयाँ सरकारलाई नागरिकको हितमा काम गर्ने, कोरोना महामारी नियन्त्रण र नागरिकलाई खोप दिने लगायतका विषयमा केन्द्रित गर्ने पनि बैठकले निर्णय गरेको जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले जानकारी दिनुभयो ।
यस्तै गठबन्धनको नयाँ सरकारले भ्रष्टाचारको अन्त्य गर्ने र ओली सरकारले गरेका गलत निर्णय सच्याउन प्रयत्न गर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७८ सोमबार ००:००  ६ : ५९ बजे