काठमाण्डौ ।
आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्न भन्दै राष्ट्रपति समक्ष दाबी पेस गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मा तीन जना सांसदको हस्ताक्षर मात्रै बुझाएको पाइएको छ । गएको जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभाको विघटन हुनुअघि प्रधानमन्त्रीमा दाबी पेस गर्दा केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत छ भने पनि तीन जनाले मात्रै ओलीको पक्षमा हस्ताक्षर गरेको भेटिएको अदालतले जनाएको छ । प्रधानमन्त्रीमा दाबी गर्दा केपी शर्मा ओलीका तर्फबाट स्वयम् केपी शर्मा ओली, राजेन्द्र महतो र महन्थ ठाकुरको मात्रै हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाइएको फैसलामा उल्लेख छ ।
तर नेपाली कांग्रेसका सभापतिको पक्षमा एमालेका २६ जनासहित एक सय ४९ जना सांसदले राष्ट्रपति समक्ष निवेदन दिएका थिए । एक सय ४९ जनाको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेस गरे पनि राष्ट्रपतिले उहाँलाई नियुक्ति नदिनु अनौठो भएको अदालतको आदेशले जनाएको छ ।
प्रधानमन्त्रीमा ओलीको दाबी नपुगेको र देउवाको पक्षमा एक सय ४९ जना सांसदले हस्ताक्षर बुझाएकाले राष्ट्रपतिले त्यति बेलै संविधानअनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्थ्यो भन्ने पनि आदेशमा उल्लेख छ ।
सर्वोच्चको आदेशको ११७ नम्बरमा भनिएको छ ।
प्रतिक्रिया