काठमाण्डौ ।
नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले संविधान र लोकतन्त्र रक्षाको पक्षमा महत्त्वपूर्ण योगदान पुर्याएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशपछि सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले लेख्नुभएको छ, ‘सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्र रक्षाको पक्षमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।’
साथै प्रवक्ता श्रेष्ठले अदालतको निर्णयको आफूहरूले स्वागत गर्ने पनि बताउनुभएको छ । ‘यसको हामी स्वागत गर्दछौँ । प्रतिगमनकोविरुद्ध सङ्घर्ष गर्ने सबै राजनीतिक पार्टीहरू, नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु’, उहाँले लेख्नुभएको छ ।
प्रतिक्रिया