बुटवल ।
लुम्बिनी प्रदेशका मख्यमन्त्री समेत रहेका नेकपा एमालेका नेता शंकर पोखरेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदरप्रति असन्तुटि व्यक्त गरेका छन् । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले आज बदर गरिएको छ ।
अदालतको यो निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले अदालतको निणर्यले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुगेको बताएका छन् । साथै उनले सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्ने बताएका छन् । ‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात। सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्नेभो।’–उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रतिक्रिया