काठमाडौं ।
मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७७ उमादेवी वादीलाई प्रदान गरिने भएको छ । हाल सुदुरपश्चिम प्रदेश सभा सदस्य रहेकी वादीले मानव अधिकार तथा सामाजिक न्यायका लागि गरेको उल्लेखनीय योगदानका लागि समाजले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
आगामी मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा रु १ लाख १० हजार राशि रहेको सो पुरस्कार हस्तान्तरण गरिने समाजले जनाएको छ ।
२०१८ साल फागुन ४ गते जन्मिएकी उमादेवी वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार संघर्ष समितिको संयोजकका रुपमा ४८ दिन लामो वादी आन्दोलनको नेतृत्व गरेकी थिइन् ।
प्रतिक्रिया