१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

काठमाडौंमा सुरक्षा तैनाथी बढाइयो



काठमाडौं ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने सम्भावनाका बीच काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । सर्वोच्च अदालत वरपर र मुख्य चोक-चोकमा हतियारसहितका प्रहरीको टोली खटाइएको छ । सर्वोच्च अदालतको मुख्य गेट बाहिर र भित्र पनि सुरक्षाकर्मीहरुको संख्या अघिल्ला दिनहरुको तुलनामा धेरै देखिएको छ ।

नेपाल प्रहरीका एक जना अधिकृतले सर्वोच्च अदालतबाट रिटको पक्ष वा विपक्षमा जस्तो फैसला आए पनि सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा तैनाथी बढाइएको बताए ।

सर्वोच्च अदालतको मुख्य गेटमा तैनाथ सुरक्षाकर्मीहरुले आगन्तुकलाई केरकार गरेर मात्रै भित्र प्रवेश दिने गरेका छन् । ‘सर्वोच्चको गेटमा ड्युटीमा खटिएका प्रहरीले आगन्तकुलाई सोधपुछ गर्नु नियमित जस्तै हो, तर आज अलि धेरै नै कडा गरिएको रहेछ,’ एकजना कानुन व्यवसायीले भने । यसअघि संसद विघटन बदरको फैसला सुनाउने दिन पनि सुरक्षा तैनाथी बढाएको थियो ।

प्रकाशित मिति : २८ असार २०७८ सोमबार ००:००  १२ : ४१ बजे