बिष्णु कुमार आले, अर्घाखाँची ।
घरमा आगो लगाई ज्यान मार्ने उद्योग मुद्धामा फरार भएका अर्घाखाँचीको भूमिकास्थान ३ का ३९ बर्षीय तुलबहादुर बन्जाडेलाई ५ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।
२०७३ साल बैशाख ७ गते ज्यान मार्ने उद्योग मुद्धामा जिल्ला अदालत अर्घाखाँचीले ३ बर्ष १० महिना २८ दिन सजाए सुनाए पछि फरार रहेका बन्जाडेलाई ५ बर्ष १८ दिन पछि चितवन भरतपुर महानगरपालिका ११ अमनचोकमालुकी छिपी बस्दै आएको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
निजलाई पक्राउ गरि कैद भुक्तान गर्न जिल्ला अदालत अर्घाखाँचीको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिए ।
प्रतिक्रिया