बांके ।
नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोकबाट संरक्षित रेडपाण्डाको छाला एक थान र चारवटा भालुको पित्तसहित दाङको घोराही उपमहानगरपालिका–४ का ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन र शान्तिनगर गाउँपालिका–१ का २९ वर्षीय रोबिन बुढा प्रक्राउ परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । उनिहरुमाथि थप अनुसन्धान भैरहेको र वन्यजन्तु संरक्षण ऐन अनुसार कारवाही हुने पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया