९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रधानमन्त्रीले भने तपाईहरु जित्न चाहन्छु हुन्छ ? त्यसो भए साफ फुटबल नेपालमा हुन्छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल प्रतियोगिता ९साफ० नेपालमा आयोजना हुने बताएका छन् ।बालुवाटारमा आइतबार थ्री नेसन्स कपको उपाधि विजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई पुरस्कृत गरेपछि बोल्दै प्रधानमन्त्री ओलीले साफ फुटबल नेपालमा हुने बताएका हुन् ।

तपाईहरु जित्न चाहानु हुन्छ ? त्यसो भए साफ फुटबल नेपालमा हुन्छ, प्रधानमन्त्री ओलीले भने ।प्रधानमन्त्री ओलीले अखिल नेपाल फुटबल संघ एन्फा र राष्ट्रिय खेलकुद परिषद राखेपलाई साफ आयोजनाको तयारी अघि बढाउन समेत निर्देशन दिए ।

आयोजक राष्ट्र बंगलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले दाबी पेश गरेको छ ।साफ यस वर्ष बंगलादेशमा हुने तय थियो । प्रतियोगिताका लागि सेप्टेम्बर १४ देखि २५ सम्मको समय निर्धारण गरिएको थियो । तर, आयोजक बंगलादेशले मुख्य तीन कारण देखाउँदै साफ आयोजनामा हात झिक्ने निर्णय गरेको छ ।

बंगलादेशले कोरोनाको असर, मुख्य प्रायोजकको खडेरी र बंगबन्धु रंगशालाको पुनर्निमाण यसै वर्ष गर्नुपर्ने भएकाले प्रतियोगिता आयोजना गर्न नसक्ने बताईसकेको छ । बंगलादेशले प्रतियोगिताको आयोजनाबाट हात झिकेपछि नेपालसँगै श्रीलंकाले पनि साफ आयोजनामा दाबी प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : २७ असार २०७८ आइतबार ००:००  ४ : ५० बजे