९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

७३ अङ्कभन्दा धेरैले बढेको नेप्सेमा हरियाली, २५ कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढ्यो



काठमाण्डौ ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार एकै दिन झन्डै ७४ अङ्कले बढेको छ । सबै समूहको शेयर बढेपछि नेप्से ७३ दशमलव ३३ अङ्कले बढेर दुई हजार आठ सय ९८ विन्दुमा पुगेको छ ।

आज बैकिङ समूहको शेयर ४५ अङ्कले, विकास बैंक समूहको तीन सय ५५, व्यापारको ५७, होटलको ७१, जलविद्युतको ७६ र उत्पादन समूहको शेयर ९३ अङ्कले बढेको छ । यस्तै फाइनान्स समूहको एक सय ८१, माइक्रोफाइनान्सको एक सय ३२, जीवन बीमा समूहको चार सय ९८, निर्जीवन बीमा समूहको तीन सय ५५, अन्यको नौ र लगानी समूहको शेयर साढे दुई अङ्कले बढेको छ ।

आज दुई सय २५ कम्पनीका तीन करोड १५ लाख कित्ता शेयर आठ अर्ब ६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३९ करोड ९६ लाख रुपैयाँको शेयर खरिदरबिक्री भएको छ ।

आज एक दर्जन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बाँकी १३ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि आज कर्पोरेट विकास बैंकको शेयर झन्डै चार प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २७ असार २०७८ आइतबार ००:००  ३ : ४७ बजे