९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्छ : नेता गौतम



काठमाण्डौ ।
नेकपा एमालेका नेता तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने बताउनुभएको छ ।

आइतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सदस्य गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभाबीचको विभेद हटाउनका लागि संविधान संशोधन गरेर भए पनि राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्ने बताउनुभएको हो ।

उहाँले अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र०८९ को बजेट राष्ट्रिय सभामा पेस गर्नुपर्ने पनि बताउनुभयो । नियमावली परिवर्तन गरेर भए पनि बजेट राष्ट्रिय सभाबाट पारित गर्नुपर्ने व्यवस्था राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्रिय सभालाई बजेटबारे छलफल तथा विचार, विमर्श गर्ने अधिकार भएको उहाँले बताउनुभयो ।

नेता गौतमले भन्नुभयो, ‘पोहोर साल मैले एउटा विषय उठाएको थिएँ । मलाई प्रधानमन्त्री हाम्रो अध्यक्ष कमरेडले कुनै ठाउँबाट निर्वाचन लड्न भन्नु भयो । म मानिनँ । त्यसो भए राष्ट्रिय सभामा उठ्नुस् भन्नुभयो म उठ्दिनँ भने । तपाईँ किन उठ्नु हुन्न भन्नुभयो रु, मैले भने– राष्ट्रिय सभा र प्रतिनिधि सभाको बीचमा विभेद अन्त्य गरिदिनुस् । कसरी हुन्छ विभेद अन्त्य भन्दा राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था राख्नुस् । संसारमा हाम्रो देशमा मात्रै त्यो बेलायतको नक्कल गरेको हुनाले राष्ट्रिय सभाकाहरूले शासन गर्नु पर्दैन भन्ने त्यसको ठाडो नक्कल भयो । त्यो हटाइदिनुस्, संविधान संशोधन गर्नुस् भन्दा मेरो यति धेरै चरित्र हत्या भयो । म आज फेरि पनि यो विषय उठाउन चाहन्छु । यो राष्ट्रिय सभामा यदि यो हललाई आवश्यक पर्छ र यो हलले मैले भनेको प्रस्ताव मन्जुर गर्छ भने हामीले आज पास गरौँ । र त्यो बाहिर कोठाभित्र प्रस्तुत गरेको २०७८र०७९ को बजेट वक्तव्य फेरि आएर अर्थ मन्त्रीले यहाँ प्रस्तुत गर्नुस् । हामीले छलफल गर्न पाऔँ र यहाँबाट पारित हुने व्यवस्था गरौँ । नियमावालीमा परिवर्तन गर्नुपर्छ भने गरौँ । यदि त्यसो हुँदैन भने माग गरौँ । संविधानमा त्यो छैन भने यो आवश्यकता छ । बाहिर सडकमा चाहिँ प्रस्तुत हुन सक्ने, त्यसलाई यो राष्ट्रिय सभाले पनि मान्नुपर्ने । राष्ट्रिय सभा सङ्घीय संसद्को एउटा अभिन्न अङ्ग हो, यसमा त्यो अधिकार छ । छलफल गर्न सक्ने क्षमता यहाँ छ । त्यस विषयमा विचार, विमर्श गर्न सकिन्छ । त्यसकारण त्यो आउनुपर्दछ । यो मेरो माग हो ।’

प्रकाशित मिति : २७ असार २०७८ आइतबार ००:००  ३ : १७ बजे