काठमाण्डौ ।
नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक बसिरहेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूह पुगेपछि बैठक सुरु भएको हो । यो समूहका नेताहरु ढिलो गरी पुगेकाले बैठक तोकिएको समय भन्दा डेढ घण्टा ढिलो गरी बसेको हो ।
आजको बैठकबाट सुखद समाचार आउने दुवै पक्षका नेताहरुले बताएका छन् । उनीहरुले आज सहमतिको प्याकेजलाई अन्तिम रुप दिने र त्यसपछि बस्ने स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने बताएका छन् । एमालेभित्र देखिएको विवाद समाधान गर्न भन्दै लगातार कार्यदलको बैठक बस्दै आएको छ ।
प्रतिक्रिया