मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा शनिबार अनावरण गरिएको क्रकुच्छन्द बुद्धको प्रतिमा विश्वमै पहिलो भएको दावी गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले अनावरण गर्नु भएको प्रतिमा विश्वमै पहिलो भएको यस क्षेत्रमा जानकारी राख्ने जानकारको दाबी छ ।
कनकमणि बुद्धको मुर्ति विश्वको दोस्रो भए पनि क्रकुच्छन्द बुद्धको मुर्ति भने अझैसम्म विश्वको कुनै मुलुकमा छैन । धेरैलाई क्रकुछन्द बुद्धको आकृति नै थाहा छैन । बिभिन्न ठाँउमा रहेको बुद्धको प्रतिमाहरु अध्ययन गर्ने क्रममा बुद्ध भूमिाको आधारमा लुम्बिनी बिकास कोषसँग समन्वय गरेर त्यसको आकृति प्रहिचान गर्ने काम गरेको मुख्यमन्त्री पोख्रेलले बताउनु भयो ।
यस अघि बर्मामा कनकमणिको मुर्ति बनाइएका कारण कनकमणी बुद्धको भने यो विश्वमै दोश्रो प्रतिमा हो ।कपिलबस्तु नगरपालिका वार्ड नं ६ मा पर्नै निग्लिहवा कनकमूनी बुद्धको जन्मस्थलको रुपमा परिचित छ । तर यसको प्रचार प्रसार नहुँदै धेरै यसबारे अनविज्ञ छन् ।
यी दुई मुर्तिको अनावरणपछि कपिलबस्तु ऐतिहासिक सम्पदाले भरिएको ठाउँ हो भनेर चिनाउन थप सघाउ पुगेको सरोकारवाला बताउँछन् । आगामी दिनमा कपिलवस्तुका सम्पदा स्थलको थप उत्खनन हुने कार्यक्रममा मुखयमन्त्री पोख्रेलले बताइसक्नु भएको छ । भविस्यमा कपिलवस्तुको थप महत्व र गरिमा बढ्ने मुख्यमन्त्रीको दाबी छ ।यसअघि यही समाचारमा प्रतिमाको लागत १ कारोड ६० लाख भनिएकोमा अरु रहेकोमा सच्चाएका छौँ ।
प्रतिक्रिया