मायादेवी अनलाइन, चारनम्बर ।
कपिलबस्तुको निग्लिहवा र गोटिहवामा रहको कनकमूनि र क्रकुछन्द बुद्धको प्रतिमा अनावरण गरिएको छ । १ कारोड ६० लाख लागतमा बनेको प्रतिमाको शनिबार दिउँस लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पूजा अर्चना गर्दै अनावरण गर्नु भएको हो ।
अनावरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले अब कपिलवस्तु पर्यटकीय गन्तब्य रुपमा थप चिनिदै जाने बताउनु भयो । बिभिन्न ठाँउमा रहेको बुद्धको प्रतिमा हरु अध्ययन गर्ने क्रममा बुद्ध भूमिाको आधारमा लुम्बिनी बिकास कोषसँग समन्य गरेर त्यसको आकृति प्रहिचान गर्ने काम गरेको मुख्यमन्त्री पोख्रेलले बताउनु भयो ।
विश्वभरका पर्यटकलाई आकर्षण गर्ने गरी प्रदेशकै प्रमुख पर्यटकीय आर्कषण गराउन र शक्यमुनी बुद्धभन्दा अघिका बुद्धको प्राचीन बासस्थान पनि यही नै भएकाले चिनाउन प्रतिमा बनाईएको हो ।
कपिलबस्तु नगरपालिका वार्ड नं ६ मा पर्नै निग्लिहवा कनकमूनी बुद्धको जन्मस्थलको रुपमा परिचित छ । तर यसको प्रचार प्रसार नहुँदै धेरै यसबारे अनविज्ञ छन् ।
सम्राट आशोक बुद्धस्थलको तीर्थटानको क्रममा लुम्बिनी पछि यहाँ आएका थिए । उनले आफनो भम्रण रहेको चिनो रुवरुप स्तम्भ ठडयाई त्यसको बाहरी लिपिमा कनकमूनी बुद्धको जन्मको उल्लेख गरेको छन् । गोटिहवा सदरमुकाम तौलिहवादेखि ४ किलोमिटर दक्षिण पश्चिम अवस्थित छ । कपिलबस्तु नगरपालिका वडान नं ५ मा गोटिहवा क्रुकछन्द बुद्ध जन्मस्थल हो ।
प्रतिक्रिया