९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रायमाझी : प्रचण्ड स्वघोषित नेता हो, उहाँकै कारण पार्टी कमजोर भयो



काठमाडौं ।
नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन्।

सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्दै एमालेमा प्रवेश गरेका नेता रायमाझीले दाहालकै कार्यशैलीका कारण पार्टी कमजोर हुँदै गएको र आफुहरुले त्यही कार्यशैलीको विरोध गर्दै आएको बताए।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा नेता रायमाझीले ६९ सालमा नाम मात्रको महाधिवेशन गरिएको टिप्पणी गरे । उनले विगत ३३ बर्षदेखि विना बिचार तथा विधि र प्रक्रिया विना नै अध्यक्ष दाहाल स्वघोषित रुपमा नेतृत्वमा बसिरहेको आरोप लगाए।

उनले प्रचण्डको कार्यशैलीका कारण पार्टी कमजोर हुँदै गएको बताए।

गएको चुनावमा नेकपा एमालेसँग नमिलेको हुन्थ्यो भने कति औँ पार्टी हुन्थ्यो । त्यो कसको कारणले भयो रु जुन पार्टीको नेता ३३ बर्षसम्म कुनै विचार, कुनै विधि विना, कुनै प्रक्रियामा नजाने , कुनै सिस्टममा नजाने, स्वघोषित नेता भएर बसेको इतिहास पाउन गार्हो छ।

उनले भने अझै शान्ति प्रक्रियामा आइसकेपछि पनि पार्टीलाई व्यभिचार किसिमले, व्यक्तिवादी तरिकाले, निरंकुश तरिकाले सञ्चालन गरियो त्यसकारणले पार्टी कमजोर हुँदै गयो। किन कमजोर भयोरु विचारमा, विधिमा ध्यान गएन। कार्यशैली पनि ठिक भएन । चिन्तनमा पनि ठिक भएन । यो जिम्मेवारी लिनुपर्छ कि पर्दैन कमसेकम नेतृत्वले ?

माओवादी पार्टीले गरेको योगदानलाई कदर गर्नुपर्छ र कमजोरीलाई करेक्सन गर्नुपर्छ भनेर आफुहरु संघर्ष गरिरहेको उनले स्पष्ट पारे । नेकपा माओवादी केन्द्रको कार्यशैली राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था प्रतिकुल भएको दाबी उनले गरे।

प्रकाशित मिति : २६ असार २०७८ शनिबार ००:००  ३ : ४१ बजे