मायादेवी अनलाइन, चारनम्बर ।
बाणगंगा नगरपालिकाको पवित्र धार्मिक तथा पर्यटकीय स्थल वडा नम्बर २ मा पर्ने श्री कैलाश आश्रम तथा गुरुकुलम नन्दनगरमा बुहमुल्य प्रजातिका विरुवाहरु रोपण गरिएको छ ।
सामाजिक र मानवीय कर्ममा क्रियाशिल लायन्स क्लव अफ कपिलवस्तु, लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनी र लियो क्लवले शनिबार विहान एक कार्यक्रम गरी रक्तचन्दन, श्रीखण्ड र रुद्राक्षका विरुवा रोपेका हुन् ।
लुम्बिनी प्रदेशको प्युठान, दाङ तथा प्रदेश नम्बर दुईबाट ती धार्मिक र आध्यात्मिक महत्व बोकेका बहुमुल्य विरुवा झिकाएर धार्मिक प्रयोजनकै लागि कैलाश आश्रममा रोपिएको लायन्स क्लव अफ कपिलवस्तुका बर्ष २०२१ । २२ का अध्यक्ष धातानन्द भुसालले बताउनु भयो ।
। बाणगंगाका अन्य स्थान पनि रोप्नको लागि उपयुक्त भए पनि संरक्षण र महत्वका दृष्टिकोणले कैलाश आश्रम नै उपयुक्त भएपछि सदस्यहरुबीच लामो समय छलफल गरी त्यहाँ विरुवा रोपिएको भुसालको भनाई छ ।
वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथिको रुपमा लायन्सका एरिया को चिफ कृष्ण केसी, विशिष्ट अतिथिहरु ब्रहम्मनिष्ठ तत्वदर्शी १००८ स्वामी लोकानन्द महाराज, बाणगंगा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णु पौडेल, जोन चेयर पर्सन सुरेन्द्र घिमिरे लगायतको सहभागिता थियो ।
वृक्षरोपणपछिको कार्यक्रममा बोल्दै प्रकाण्ड विद्वान स्वामी लोकानन्द महाराजले संस्कृति र प्रकृतिको ंसरक्षणमा वृक्षरोपण निकै राम्रो काम भएको भन्दै क्लवलाई धन्यबाद दिनुभयो । उहाँले कैलाश आश्रमलाई सम्झेर रक्तचन्दन लगायतका बुहमुल्य विरुवा ल्याई रोप्दा धार्मिक वनको महत्व झन् बढेको बताउनु भयो । उहाँले यो प्रसंसनीय काम भन्दै सम्मान पत्रले पनि लायन्स र लियोलाई सम्मनित गर्नुभएको थियो । कैलाश आश्रमले रोपिएका विरुवाको संरक्षण हुने विश्वास दिएको छ ।
विशिष्ट अतिथि वडाध्यक्ष विष्णु पौडेलले सबैको प्रयत्नबाट कैलाश आश्रमम अहिले लुम्बिनी प्रदेशकै महत्वपूर्ण पर्यटकीय तथा धार्मिक क्षेत्रको रुपमा स्थापित भएको बताउनु भयो । नगरको ध्यान पनि यसको श्रीवृद्धिमा रहेको भन्दै वडाको विशेष चासो पनि गुरुकुलममा रहेको बताउनु भयो ।
सचिव सागर घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा कैलास आश्रमका संरक्षक रविराज ज्ञवाली, गुरुकुलमका अध्यक्ष दयाराम पौडेल, विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पोख्रेल, रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त लायन न्यौपाने, लायन र लियोका पदाधिकारी लगायत ४० जनाको सहभागिता थियो । वृक्षरोपणको क्रममा बटुकहरुले स्वस्ति वाचनसमेत गरेका थिए ।
नारायण प्रसाद पौडेल, राधा पौडेल र अमृत सापकोटाले संयोजन गर्नु भएको कार्यक्रममा लियोका सदस्य दीपक आचार्यको जन्मदिन पनि मनाइएको छ । आचार्यले कैलाश आश्रममै विरुवा रोपेर जन्म दिन मनाउनु भएको हो । शनिबार नै लायन्स क्लव अफ खस्यौली र त्यहाँको लियो क्लवले ५०० बढी विरुवा रोपेका छन् भने गुरुकुलममा भण्डाराको लागि खाद्यान्ह पनि सहयोग गरेका छन् ।
प्रतिक्रिया