८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मेस्सी गोल्डेन बुटको मुख्य दाबेदार, २ गोल गरेका नेइमार पछिपछि



एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल समीकरण पूरा भईसकेको छ ।यस संकरणमा अर्जेन्टिना, साविक विजेता ब्राजिल, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन् ।अब सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग खेल्नेछ । ब्राजिलले सेमिफाइनलमा पेरुसँग प्रतिस्पर्धा गर्नेछ ।कोपाको सेमिफाइनल समीकरण पूरा हुँदा सर्वाधिक गोलकर्ता अर्थात् गोल्डेन बुटको दाबेदारको शीर्ष स्थानमा लियोनल मेस्सी रहेका छन् ।

अर्जेन्टिनाका कप्तान मेस्सीले ५ खेलमा ४ गोल गरिसकेका छन् । उनले ४ गोलका लागि असिस्ट समेत गरेका छन् ।अर्जेन्टिनालाई सेमिफाइनलसम्म पुर्याउन मेस्सीले प्रभावकारी प्रदर्शन गर्दै आईरहेका छन् । मेस्सीले जारी कोपाको पाँच खेलमा ४ पटक म्यान अफ दि म्याच समेत हात पारेका छन् ।

गोल्डेन बुटको होडमा ब्राजिलका नेयमार पनि रहेका छन् । उनले ४ खेलमा २ गोल गरिसकेका छन् । उनले दुई असिस्ट गरेका छन् ।
यस्तै पेरुका जियानलुका लापाडुलाले पनि ५ खेलमा २ गोल गरेका छन् ।अर्जेन्टिनाकै पापु गोमेज, लाउटरो मार्टिनेज र पेरुका आन्द्रे कारिलोले पनि २र२ गोल गरेका छन् ।

प्रकाशित मिति : २१ असार २०७८ सोमबार ००:००  ६ : १२ बजे