बर्दिया ।
आफ्नै ३० वर्षीया छोरीलाई करणी गर्न खोजेको आरोपमा बर्दियामा एक पुरुष पक्राउ परेका छन् । पीडितले दिएको उजुरीको आधारमा प्रहरीले बावुलाई पक्राउ गरेको हो । ती पुरुषलाई जवरजस्ती करणी उद्योग मुद्दा अन्तर्गत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार बावुले अत्यधिक मदिरा सेवन गरी छोरीमाथि पटक पटक यौन दुर्व्यवहार गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । तर ‘बेइज्जत’ हुने डरले कसैलाई नभनेको पीडित महिलाले प्रहरी समक्ष दिएको वयानमा छ ।
प्रतिक्रिया