८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

भलवाडमा २५ जनाको कोरोना परिक्षण गर्दा १० जनामा संक्रमण



बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ९ भलवाडमा कोरोनाको संक्रमणमा बृद्धि भएको पाइएको छ । वडाको गौतमबुद्ध आधारभूत बिद्यालय कुसुम डाडामा २५ जनाको एन्टिजेन परिक्षण गर्दा १० जनामा कोरोना संक्रमण देखिएको हो ।

कपिलवस्तु प्रशासनले निशेधाज्ञा खुकुलो बनाएसंगै सक्रिय संक्रमित बढिरहेका छन् । सो परिक्षण मोतिपुर जनस्वास्थ निरिक्षक हिमलाल पौडेल र स्वास्थकर्मी शान्ता गौतमले गर्नु भएको थियो भने सहजीकरण भलवाड स्वास्थ चौकी प्रमुख जित बिकास रायमाझीले गर्नु भएको थियो ।

आजको परिक्षणमा चौवाह, कोइला टोल र भर्तापुर टोलको सहभागिता रहेको थियो । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि भलवाडमा एन्टिजेन माध्यमबाट परिक्षण गरिएको हो ।

प्रकाशित मिति : २० असार २०७८ आइतबार ००:००  ६ : ५२ बजे